आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य



झापा – झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ ।यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका-४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक-४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना ८ ख ३३३३ नंको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं. १-०४-००१ प.२४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दकमस्थित निम्स अस्पताल लगिएकामा थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको हो । ट्रक चालक अर्जुनधारा-५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारी साधन इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ३ : २९ बजे