आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

दुर्घटनामा एक युवकको मृत्यु



बुटवल – बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ ।

लु ३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल-११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  २ : ३४ बजे