आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

गर्भावस्थामा रगतको कमी के कारण हुनेगर्छ ?



१) साधारणतया सन्तुलित भोजन गर्ने महिलाको शरीरमा बचेर रहेको आइरन एकहजार मिलिग्राम छ भने तीनसयदेखि चारसय मिलिग्रामसम्म बच्चाको शरीरमा जान्छ । कुपोषित महिलामा आइरन बचेर धेरै रहन नपाउने हुनाले बच्चाको शरीर र साल बन्नलाई आमाको शरीरमा भएको रगत धेरै मात्रा बच्चामा जान्छ र रक्तअल्पता हुन्छ ।

२) गर्भान्तरमा साधा धेरैले प्रयोग गरेका हुँदैनन् । त्यसैले नछुने हुँदा र केटाकेटी जन्माउँदा जति रगत नाश हुन्छ त्यति रगत शरीरमा बनिसक्न अगाडि नै अधिकांश नेपाली महिलाहरु फेरि गर्भवती हुन्छन् । फेरि गर्भ रहँदा बच्चाले आमाको शरीरबाट रगत लिन्छ र बच्चा जन्माउँदा पनि केही रगत फेरि खेर जान्छ । यो क्रम दोहोरिरहँदा आमालाई बारम्बार रक्तअल्पता हुन्छ ।

३) नेपाली समाजका कतिपय परिवारमा महिला र खासगरी बुहारीहरुले परिवारका अरु सदस्यले खाएपछि मात्र उब्रेको र बचेको खान खाने चलन भएकोले पौष्टिक भोजनबाट वञ्चित हुन्छन् । भारतमा भएको एउटा अनुसन्धानबाट गर्भवतीमा भएको रक्तअल्पताको मुख्य कारण कुपोषण भएको तथ्य पत्ता लागेको थिायो ।

४) रगतको कमी नहोस् भनेर महिलाहरुले अरुबेला र खासगरी गर्भवती भएको बेलामा विशेष रुपले फलाम (आइरन) बढी पाइने खानेकुरा खानुपर्छ । कोदो, फापर, पालुङ्गो जस्ता हरियो पात भएका तरकारीहरु, टुसा उमारेर, टुसा आएको गेडागुडी, मटर, च्याउ, सख्खर वा चाकु, माछा, मासु, अण्डा, कालो दाल, फलामे भाँडामा बढी पाइन्छ । खानेकुरासँग र खाना खाएपछि तुरुन्तै चिया खानु हुँदैन । चिया खाएपछि खाएको खानेकुराबाट जीले लौहतत्व सोस्न सक्दैन ।

५) रगतको कमी भएपछि खानेकुराले मात्र नपुग्ने हुनसक्छ अथवा खानेकुरा खान नसकेमा आइरनका चक्की (फेरस सल्फेट) चक्क खानुपर्छ । फेरस सल्फेट चक्की खाएपछि छाती पोल्ने र कब्जियत हुने हुनसक्छ । यस्तो भएमा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

६) एनिमिया चर्काे हुँदै गएमा डाक्टरको उपचार गराउनुपर्छ । किनभने यस्तो अवस्थामा आइरनको इन्जेक्सन अथवा रगत नै लिनुपर्ने हुन्छ ।

साभार: ‘मेरोे डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ६ : ३५ बजे