आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

तनावको रचनात्मकता सामना गर्न सिक्नु, सफलताका अरु बाटाहरू खुल्न सक्छन् 



एक सकारात्मक दृष्टिलाई तनावमा रचनात्मक प्रतिक्रिया पनि भन्न सकिन्छ । यसको मतलब यो कदापि हैन कि चाहे जे होस् तपाईं मुस्कुराइ रहनुहोस् ।

बरु सकारात्मक दृष्टिको मतलब हुन्छ कि तपाईं आफ्नो जिन्दगीको टार्न नसकिने समस्याको एक औसत मानिसभन्दा राम्रो तरिकाले सामना गर्नुस् ।

तनाव त अवश्यम्भावी छ । समस्या कहिल्यै सकिँदैन । तपाईंको नियन्त्रण केवल यो कुरामा हुन्छ कि तनावमा तपाईं कसी प्रतिक्रिया दिनुहुन्छ ? यदि तपाईं सकारात्मक र रचनात्मक तरिकाले त्यसको जवाफ दिनुहुन्छ भने तपाईं सकारात्मक दृष्टि कायम राख्नमा सफल हुनुहुनेछ ।

जब तपाईंको दिमाग शान्त र सफा हुनेछ तब तपाईंहरू धेरै रचनात्मक  सजग हुनुहुनेछ । तपाईंलाई समस्या हल गर्न र आफ्नो लक्ष्यतिर अग्रसर हुनको लागि धेरै विकल्प देखाइदिन थाल्नेछन् ।

जब तपाईं कुनै समस्याको नकारात्मक या रिसाएर जवाफ दिनुहुन्छ तब तपाईं यस्ता कैयौँ मानसिक प्रक्रियालाई जन्म दिनुहुन्छ जसले तपाईंको रचनात्मकतालाई बन्द गरिदिन्छ । प्रतिक्रिया र जवाफको साटो तपाईंको दिमागमा केवल झगडा गर्ने लड्ने विचार आउन थाल्छ ।

साभारः ‘सोच बदलौँ’ पुस्तकबाट

 

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ८ : ०० बजे