आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

यो तपाईँकै लागि हो, केही ब्युटी टिप्स जानिराखौँ



१)    गर्मी मौसममा हप्तामा एक पटक गिलसिरिन, मह वा मैनको बराबर भाग पिँधेर एउटा सिसीमा राख्नुहोस् र राति सुत्नुभन्दा पहिले अनुहारमा लगाउनुहोस् । बिस्तारै अनुहार मालिस गर्नुहोस् । बिहान सबेरै उठेर पानीको छिटाले मुख धुनुहोस् । यसले वृद्धावस्थामा हुने समस्यालाई पनि रोकथाम गर्दछ ।
२)    छालाको लागि टोनिङ् एउटा वरदान हो । यसका लागि गुलाब जलले भिजेको कपासलाई केही क्षणका लागि फ्रिजमा राखिदिनुहोस् र चिसो हुन दिनुहोस् । यसले अनुहारमा जमेको धुलोको कण र अतिरिक्त चिल्लोपन हटाउँछ ।
३)    मास्कले छालाका मृत कोशिकालाई सफा गर्दछ । रक्त सञ्चार तीव्र बनाउँछ तथा छालालाई चाउरी पर्नबाट बचाउँछ र छालालाई चमकता प्रदान गर्दछ । आँखाको चारैतिर मास्कको प्रयोग गर्नु हुँदैन ।
४)    दहीले स्वास्थ्य तथा सौन्दर्यमा वृद्धि गर्दछ । सुन्दर अनुहारमा पनि डन्डिफोर आएर सौन्दर्यलाई नष्ट गर्दछ । डन्डीफोर मेटाउनका लागि मुलाको रसमा बराबर मात्रामा दही मिसाएर निर्मित लेप अनुहारमा लगाउनु पर्दछ । एक घण्टापछि पानीले मुख धोएमा डन्डीफोर नष्ट हुन्छ ।
५)    अनुहारको रङ गोरो बनाउनका लागि दहीमा जौको आटा मिसाउनुहोस् । अब यस मिश्रणलाई शरीरमा लगाएर आधा घण्टासम्म रहन दिनुहोस् । केही दिनसम्म यो विधि अपनाउनाले लाभ हुन्छ ।
६)    आँखा र आँखीभौँका बीचको कसिलोपन खुला हुनाले यो भाग तलतिर झुक्दछ र यसका लागि तपाईं आँखीभौँको कुना आधा इन्च ट्वीज गर्नुहोस् र कालो पेन्सिलले त्यस स्थानभन्दा आधा इन्च माथिको आँखीभौँलाई आकार दिएर मिलाउनुहोस् । यसले झुकेको आँखीभौँ माथितर्फ देखिन्छ ।
साभारः ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट

 

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ८ : ४६ बजे