आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

भुडि बढेर हैरान हुनु भयो ? यी २ कुरा खानुहोस्, २ कुरा छाड्नुहोस्



मोटोपन त्यो स्थिति हो, जब अत्यधिक शारीरिक बोसो शरीरमा त्यो सीमासम्म एकत्रित हुन जान्छ जसले स्वास्थ्यमा नै हानिकारक प्रभाव पार्न थाल्छ । मोटोपन धेरै रोगसँग जोडिएको हुन्छ । यस्तोमा भुडि बढेर हैरान हुनु भएको छ भने निम्न कुरामा सजग रहनुहोस् ।

– काँचो लसुनको सेवन
भुडि बढेर हैरान हुनुभएको छ भने बिहान बिहान २ पोटी काँचो लसुन चपाएर खाने बानी बसाल्नुहोस् । काँचो लसुनले शरीरलाई धेरै फाइदा पुर्याउँछ । यदि काँचो लसुन चपाएर त्यसलाई कागती पानीले निल्नुभयो भने यसले भुडि घटाउन निकै लाभ पुर्याउँछ । यो भुडि घटाउने सबैभन्दा उत्तम उपाय हो ।

– माछामासु नखाने
शाकाहारी भन्दा कतिपय मांसाहारी भोजन गर्नेको भुडि निकै बढेको देखिन्छ । माछामासुमा अत्यधिक मात्रामा बोसो हुने भएकाले त्यसले शरीरमा पनि मोटोपन बढाउँदै जान्छ र स्वास्थ्यसम्बन्धी समस्याहरू देखा पर्न थाल्छ । त्यसैले सकेसम्म शाकाहारी भोजन गर्ने, धेरै सागसब्जी खाने, दिनमा दुई पटक फल र सागसब्जी खानु उत्तम मानिन्छ ।

– पकाउने तरिका बदल्ने
खाना पकाउँदा भान्सामा प्रयोग मसला र तेलको मात्रा कम गर्नु पर्दछ । दालचिनी, अदुवा तथा मरीच मिसाएर बनाएको मसला भान्सामा प्रयोग गरेमा बढेको भुडि घटेर जानेछ । यसले इन्सुलिनको क्षमता समेत बढाउँछ ।

– बदाम खाने
भुडि बढेको मानिसलाई थोरै खाना खाएर उठ्दैनन् । उनीहरू पेट नभरीउन्जेल अघाएको महसुस गर्दैनन् । त्यसैले भोक लागिरहने समस्याबाट बच्न बदाम सेवन गर्नु पर्दछ । यसले लामो समयसम्म भुडि भरिएको अनुभूति हुन्छ र यसले मोटाइ बताउदैन । बदाम भिटामिन इ, प्रोटिन तथा फाइबरको राम्रो श्रोत मानिन्छ ।

 

 

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ८ : २१ बजे