आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

यी हुन् ति भाइरल पिता जसले छोरीको बिदाइमा दिए यस्तो अमूल्य ज्ञान



कुनै पनि बिहेमा सबैभन्दा भावुक क्षण भनेको बिदाइको क्षण हुन्छ । आफू जन्मे हुर्केको घरबाट बिदाइ हुँदा बेहुली रुन पुग्छन् । यस्तै माइती पक्ष पनि छोरी बिदाइमा धेरै रुन्छन् ।

छोरी बिदाई गर्नु एक पिताका लागी सबैभन्दा पीडादायी क्षण हुन्छ । तर हालैमा सामाजिक सञ्जालमा भने एक यस्तो भिडियो भाइरल बनेको छ । जहाँ पिता छोरीको बिदाइमा रोएनन् बरु उनले छोरीलाई बिदाइका क्रममा जुन ज्ञान दिए त्यो नै भाइरल भइदियो । 

भाइरल भिडियोमा बिहे सकेर छोरी बिदाई गर्दा एक पिताले आफ्नी छोरीलाई नरोई जीवनका केही महत्वपूर्ण कुराहरू सुनाउँछन् । उनले छोरीलाई जीवनको केही मूल मन्त्र दिन्छन् जसलाई धेरैले रुचाएका छन् ।

बिदाइ हुनु अघि ति पिताले छोरीलाई भन्छन्, कुनै पनि बहसमा जित्ने प्रयास नगर्नु । हरेक बहसमा हार्नु । तब मात्र तिमीले जीवनमा जित्न सक्छौँ । उनले अगाडि भनेका छन्, माइती छुट्यो भनेर नरुनु । बुबाको घरबाट तिमी कहिल्यै छुट्टिने छैनौँ । कुराकानी गरिरहनु । कुनै पनि विवादलाई सुल्झाएर मात्र सुत्नु ।

यसरी छोरी बिदाइको पीडामा समेत नरोई ति पिताले छोरीलाई कर्म घर जानु अघि जुन ज्ञान दिएका छन् यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ७ : ३८ बजे