आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

बच्चाले धेरै जंक फुड खान्छ ? यसरी हटाउनुहोस् बानी



आजकलका बच्चा धेरै मात्रामा जंक फुड खान्छन् । सानै उमेरबाट बच्चालाई जंक फुडको लत लागे कालान्तरमा यो बानी र रोगको रुपमा विकसित हुन सक्छ । त्यसैले बच्चालाई यस्ता खानेकुरा खानबाट रोक्नु पर्दछ ।

धार्मिक मान्यता अनुसार बच्चामा हुने गलत खानपान र खराब आचरण बृहस्पति र बुधको कारणले पनि हुने गर्दछ । बृहस्पति र बुधका कारणले कुण्डलीको दोश्रो घरमा राहु, केतु, शनि र मङ्गल हुनाले आधिकांश बच्चामा खानपानको खराब आचरण बस्ने धार्मिक मान्यता छ ।

यस्तोमा गलत खानपानको आचरण हटाई सही खानपानमा बच्चाको मन कसरी लगाउने ?

– यस्ता कुरा ख्वाउने
बच्चालाई ख्वाउने खानामा अनिवार्य हरियो सागसब्जीको प्रयोग हुनु पर्दछ । दिउँसोको खाजामा फलफूल ख्वाउनु पर्दछ । बच्चालाई कहिले पनि अमिलो र तयारी खाजा ख्वाउनु हुँदैन । प्याकेटमा आउने वा रंग र स्वाद मात्र भएका किनिएका खाजाबाट बच्चालाई टाढा राख्नुपर्दछ । सकेसम्म घरमा सातामा १० छाक शाकाहारी खाना बनाउनु पर्दछ ।

बानी सुर्धाने मन्त्र
धार्मिक मान्यता अनुसार बच्चामा रहेको खानपानको खराब आचरण सुधार्न बिहान भगवान सूर्यलाई “ॐ घृणि सूर्याय नमः” को मन्त्र २७ पटक जाप गराउँदा पनि विशेष लाभ मिल्छ । शुद्ध पानीमा सक्खर मिसाएर तामाको लोटाले सूर्यलाई अर्पण गर्ने, राती सुत्नु भन्दा अगाडि ११ पटक “ॐ” मन्त्र उच्चारण उच्चारण गर्ने र घरका इष्टदेव वा कुलदेवको मन्त्र उच्चारण गर्दा पनि बालबालिकामा खराब खानपानको लत छुट्ने धार्मीक मान्यता छ ।

– बानीमा सुधार
बच्चामा भएको खानपानको गलत आचरण सुर्धान हरेक बिहान सकेसम्म चाडै उठ्ने बानी बसाउनु पर्छ । बिहान छिटो उठेर तामाको लोटामा शुद्ध पानी भरेर सफा आसनमा बसेर भगवान सूर्यलाई नमस्कार गरी १०८ पटक गायत्री मन्त्रको जाप गर्ने र जपपछि उक्त पानी बच्चालाई पेय पदार्थमा मिसाएर ख्वाएमा बच्चामा भएको खानपानको खराब आचरण सुध्रिएर जाने धार्मिक मान्यता छ । साथै घरको उत्तरपूर्व दिशामा कुनै वजनदार सामाग्री भए त्यसलाई हटाउनु पर्ने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ६ : ३४ बजे