आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

सम्हालिन्छ कहिले मनको हराएँ हराएँ



काठमाडौं–सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । यूके र मुस्ताङमा छायांकन गरिएको रोमान्टिक भावको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् ।

ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । स्कटल्याण्डका केही चुचुरोहरुलाई छायांकार सौरभ लामाले लार्ज फ्रेममा सुन्दर ढंगले कैद गरेका छन् ।

गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । महेश दवाडीको लेखन रहेको फिल्ममा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्ममा अर्जुन पोखरेल,ताराप्रकाश लिम्बु,जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ ।
भदौ १७ बाट रिलिज हुने फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ४ : ४७ बजे