आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

कात्तिकमा आमा बन्दै श्वेता खड्का



काठमाडौं–अभिनेत्री श्वेता खड्का आगामी कात्तिकमा आमा बन्ने भएकी छन् । परिवारका अनुसार उनको गर्भमा हाल पाँच महिनाको शिशु हुर्किरहेको छ ।

घरमा आराम गरिरहेकाले स्वेता सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । श्वेताको धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह भएको थियो ।

विजयन्द्र अघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । तर विवाहको केही समयमै श्रीकृष्णको निधन भएको थियो ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १२ : ५८ बजे