आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

भुवन केसीविरुद्धको रिटमा आज सुनुवाई



काठमाडौं–चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै गत शुक्रबार दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

फिल्म निर्देशकहरु नरेश पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १२ : ०५ बजे