आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

आणविक प्लान्टमा आक्रमणको विषयलाई लिएर रुस र युक्रेनबीच आरोप–प्रत्यारोप



किभ । युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो ।

प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भण्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।

‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ । आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ । युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ११ : २५ बजे