आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

कांग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडाैँ– सत्तासीन नेपाली कांग्रेसले गत ३० वैशाखको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि जिसस प्रमुख/उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ७ : ०६ बजे