आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

हिप फ्याक्चर भनेको के हो ? यो कतिको जटिल समस्या हो



कुनै पनि दुर्घटना हुनासाथ हामी शरीरको बाहिरी भागमा चोट लागेको छ छैन ? रगत बगेको छ कि छैन भनेर हेर्छाै ।

यदि शरीरको बाहिरी भागमा देखिने गरी ठुलो चोट लागेको छैन वा रगत बगेन भने त्यसलाई सामान्य सम्झेर हामी छाडी दिन्छौ । तर कुनै पनि दुर्घटनामा पर्दा शरीरमा बाहिरी भागमा लागे जस्तै शरीरको भित्रि भागमा समेत चोट लागेको हुन्छ ।

त्यसैले दुर्घटनामा परे लगत्तै सबैभन्दा पहिला शरीरका भित्रि भागमा चोट लाग्यो कि भनेर तुरुन्त परीक्षण गराउनु पर्दछ ।

कुनै दुर्घटनामा परे वा चोक पटक लागे टाउको, छाती वा पेटमा चोटपटक लागेमा त्यसको अनिवार्य उपचार गराउनु पर्दछ । यसरी दुर्घटना हुदा वा लड्दा कहिले काहि शरीरको हिप (कम्मरको हड्डि) फ्याक्चर हुने संभावना हुन्छ ।

हिप फ्याक्चर भनेको तिघ्राको हड्डी (फिमर) को माथिल्लो भागमा हिप जोइन्ट नजिकको भागमा चर्किने वा भाँच्नु हो । तिनीहरू सामान्यतया हिपको छेउमा खसेको वा चोटको कारणले गर्दा हुन्छन् । तर कहिलेकाँही यो स्वास्थ्य अवस्थाको कारणले पनि हुन सक्छ । जस्तै क्यान्सर, जसले हिपको हड्डीलाई कमजोर बनाउँछ । यदि हिप फ्याक्चर भएमा यसको उपचार गर्न निकै जटिल हुने गर्दछ ।

हिप फ्याक्चर भएको छ भने त्यसलाई जोड्न जति ढिला गर्याे उनि नै खतरा बढ्दै जान्छ । त्यसैले हिप फ्याक्चरको सकेसम्म तुरुन्त उपचार गर्नु पर्दछ । जति छिटो उपचार गर्याे फ्याक्चरबाट निम्तने खतरा उति नै न्युन हुन्छ ।

अन्यथा कतिपय अवस्थामा शल्यक्रिया गर्दा निकै जोखिम समेत हुने गर्दछ । हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव छ । शल्क्रियामा छुट्टिएको हड्डिलाई नहल्लिने गरी स्क्रु, रड र प्लेटको प्रयोग गरि एक ठाउमा जोडिन्छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १२ : ५४ बजे