आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

घरमा झिंगाले हैरान पार्याे, यी ७ सरल तरिकाले भगाउनुहोस्



गर्मीयाममा हरेक घरमा देखिने मुख्य समस्या मध्ये एक हो, झिंगा । यो समस्याबाट पार पाउन विभिन्न उत्पादनको प्रयोग गरीन्छ । तर केही घरेलु उपाय मार्फत पनि झिंगा भगाउन सकिन्छ । यस्ता छन् झिगा भगाउने ७ सरल तरिका :

– धुलो खुर्सानी
स्प्रे बोटलमा थोरै धुलो खोर्सानी पाउडर भर्नुहोस् । यो छर्किदाँ पनि घरमा झिंगा आउँदैन ।

– दालचिनी
दालचिनीको रस पानीमा मिसाएर छर्कदा पनि झिंगा घरमा आउँदैन ।

– ल्वाङ्गको तेल
झिंगा धेरै आउने स्थानमा ल्वाङ्गको तेल छर्कनुहोस् । झिगा आउने समस्या हल हुन्छ ।

– कपूर
थोरै कपूर बालेर पूरै कोठाभरी यसको धुँवा फैलाउदा यसको गन्धले घरमा झिंगा आउँदैन ।

– पुदिनाको तेल
घरमा पुदिनाको तेल छर्कदा पनि यसको गन्धका कारण घरमा झिंगा आउँदैन ।

– पानीको थैलो
झिगा आउने स्थानमा पानी भरेको प्लाष्टिकको थैलो झुण्ड्याउदा पनि यसमा ठोक्किने हुदाँ झिगा आउने समस्या कम हुन्छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ८ : ५९ बजे