आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

एउटा यस्तो टापु जहाँ केवल महिलाले मात्र प्रवेश पाउँछन्



प्राय कुनै पनि सार्वजनिक स्थानमा महिला वा पुरुष छुट्याएर कसैलाई जान वा नजान रोक लगाइदैन । अझ कुनै टापु वा रीर्साेटमा त महिला वा पुरुष दुबैले सहजै जान पाउँछन् । तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ पुरुषलाई जानै बन्देज छ । त्यहाँ केवल महिलाले मात्र प्रवेश पाउँछन् ।

फिनल्याण्डको बाल्टिक समुन्द्रमा रहेको सुपर सी नामक टापुमा महिलालाई मात्र जाने अनुमती छ । यँहा पुरुष जान पाउँदैनन् । ८ दशमलब ४७ एकड क्षेत्रफलमा फैलिएको सुपर सी टापु अमेरिकाकी क्रिस्टिना रोथ नामक एक धनाढ्य महिलाले किनेकी हुन् । उक्त टापु महिलाका लागि आरामसंग छुट्टी मनाउन स्थानका रुपमा खोलिएको हो ।

क्रिस्टिनाका अनुसार उक्त टापुमा महिलालाई पुरुषबाट कुनै समस्या हुने छैन । त्यो हरेक महिलाको स्वप्निल स्थानका रुपमा विकशित भएको छ । उक्त टापुमा महिलाहरुले शारीरीक तन्दुरुस्ती लगायत खानेकुरा तथा अन्य सबै सुविधा पाउनेछन् । तर उक्त टापुको रीर्सोटमा पैसा तिरेको भरमा मात्र कोठा पाइदैन त्यसका लागि अन्र्तवार्ता पनि दिनुपर्छ । अन्र्तवार्तामा पास भएका महिलाले मात्र त्यहा जान पाउँछन् ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १० : १८ बजे