आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

जोन डी. रकफेलरले पाएको सफलता



संसार बिर्सेर काम गर्दै जाऊ, सफलता सतप्रशित सम्भव छ ।

पचपन्न करोड दान दिएर उदारताको परिचय दिएका जोन डी. रकफेलर साह्रै गरिब परिवारबाट आएका हुन् । उनले स्कुलबाट नाम मात्रको शिक्षा पाएका थिए । उनले सोह्र वर्षको उमेरमा लेखापालको काम गरेको थिए ।

२० वर्षको उमेरमा आफूले जोगाएको पैसासहित अरु सम्पूर्ण स्रोतबाट पैसा झिकी तेलमा लगानी गरे । यसरी लगानी गर्ने त हजारौं हुन्छन् त यत्रो विधि सफल भने कोही कोही मात्र किन हुन्छन् त ? यसको सटिक जवाफ बनेको छ— रकफेलरको जीवनचर्या ।

उनी चौबीसै घण्टा बिजनेसको बारेमा सोच्थे र काम गर्थे । उनले न कुनै भोजभतेरमा भाग लिए, न त थिएटरमा गएरै मनोरञ्जन गरे । टाइमपासको लागि पनि तासजुवा खेलेनन् । उनी आफ्नो सफलताको निचोड यसरी पाएको सूत्र पस्कन्छन्— कुनै पनि क्षेत्रमा सफल हुनु छ भने यौटै मात्र लक्ष्य हुनु पर्दछ । यही सफल हुने सूत्र हो ।
साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ६ : ५७ बजे