आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

अब एकैछिन हासौँ है त



कुनै चासो छैन
श्रीमतीः तपाईं त बिहे भएपछि धेरै बदलिनु भाको छ ।
मुन्द्रेः मैले पहिले पनि भनेको थिएँ त मलाई बिहे भएको महिलाप्रति कुनै चासो छैन भनेर ।

बहिरो हुनुहुन्छ
बच्चाः (चिच्याउँदै) हे भगवान् यसपालिको बर्थ डेमा चाहिँ मलाई साइकल दिनुस है ।
आमाः किन त्यसरी चिच्याएको भगवान् बहिरो त छैनन् नि !
बच्चाः थाहा छ तर हजुरबुवा त बहिरो हुनुहुन्छ नि त !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ८ : ५३ बजे