आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

भौतिक र मानसिक अभ्यासबाट सफलता पाएका मुहम्मद अली



बाह्र वर्षको कलिलो उमेरमै अलीले संकल्प गरेका थिए — कुनै दिन संसारकै महानतम मुक्केवाज बन्नेछु । यही विकल्परहीत संकल्पकै कारण उनी हरेक दिन ६–६ घण्टासम्म बक्सिङको प्रशिक्षण लिँदै रहे ।

स्मरणीय छ— मान्छेलाई ९० मिनेटभन्दा बढी शारीरिक व्यायामको आवश्यकता पर्दैन । र, धेरै व्यायामले इम्युन सिस्टम कमजोर पार्छ । तर उनी यसैमा मर्न बाँच्न राजी थिए र त उनको संकल्पकै कारण विश्व–विख्यात बन्न सफल भए ।

बक्सिङको अभ्यास गर्नु उनको भौतिक पक्ष थियो भने यसको साथसाथै मानसिक अभ्यास पनि जारी राखेका थिए— म सबभन्दा महान् छु । यस वाक्यलाई उनले तन्त्र झैँ जपेर सिद्ध गरेका थिए ।

साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २९, २०७९ आइतबार  ७ : ३४ बजे