आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

रुकुम दुर्घटना : घाइते प्रहरी जवानको मृत्यु



रुकुम पूर्व – रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका-११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो ।

दुर्घटनामा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए । गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए । लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका थिए । दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो । घाइतेहरुको नेपालगञ्जमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ५ : ५९ बजे