आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

सातामा सुनको मूल्य एक हजारले वृद्धि



काठमाडौं–नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य एक हजार रुपैयाँ बढेको जनाएको छ । महासंघका अनुसार गत आइतबार अर्थात साताको कारोबारको पहिलो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भयो ।

यस्तै सोमबार आइतबारकै मूल्यमा कारोबार हुँदा मंगलबार ९६ हजार ९००, बुधबार ९७ हजार १०० र बिहीबार ९६ हजार ६०० रुपैयाँमा कारोबार भयो । यस्तै साताको अन्तिम दिन भने ९७ हजार ३०० रुपैयाँमा कारोबार भएर बजार बन्द भयो ।

अघिल्लो साताको शुक्रबार सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ८ : ३६ बजे