आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

फागुन ५ मा परदेशी २



काठमाडौं–नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको फिल्म अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।

निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक, हल संचालक एवं फिल्मकर्मीहरुसँगको सरसल्लाहमा फिल्मलाई फागुनमा ल्याउने निर्णय गरिएको जानकारी गराए ।

फिल्मको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए ।

निर्णय अनपेक्षित भएपनि समग्र फिल्म क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ ।

निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं । फिल्ममा प्रशान्त तामाङ्, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ८ : २८ बजे