आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

गुरु शङ्कराचार्यका केही अमर वाणीहरु



  • पुरुषार्थहीन मनुष्य जिउँदै मरेको छ ।
  • यथार्थ मुक्तिको कारण यथार्थ ज्ञान नै हो ।
  • जसलाई सबैतिरबाट सन्तोष छ, उही धनी हो ।
  • मन नै मनुष्यको बन्धन र मोक्षको कारण हो । विषयासक्त मन बन्धन हो र निर्विषय मन मुक्त हो ।
  • योगीले शिवलाई आत्मामा देख्छन्, मूर्तिमा हैन । यो आत्मामा रहने शिवलाई छाडेर बाहिरका शिवलाई पुज्छन्, ती हातमा राखेको लड्डु छोडेर आफ्नो कुहिना हुन्छ ।
  • कर्ममात्रले अज्ञानको नाश हुन सक्दैन, किनकी धर्म र अज्ञानमा कुनै विरोध छैन । जसरी अन्धकारको नाश प्रकाशले नै हुन्छ, त्यसैगरी अज्ञानको नाश ज्ञानले नै हुन्छ ।
  • मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भक्तिको छ । स्व–स्वरुपको अनुसन्धानको नाम भक्ति हो ।
  • अविद्यारुपी सर्पले डसेका व्यक्तिलाई ब्रह्मज्ञान नै एकमात्र अमोध औषधी हो । यस्ता पुरुषका लागि वेद, शास्त्र वा अन्य निदानको केही काम छैन ।
    साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ६ : ५९ बजे