आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

नेपाली बिहेको रमाइलो भारतीय मिडियामा झगडा भन्दै बन्यो समाचार (भिडियोसहित)



तपाईंले टिकटकदेखि फेसबुकसम्म भाइरल भएको एक बिहेको भिडियो हेर्नु भएको होला । जहाँ बिहेका क्रममा बेहुला बेहुलीले एकअर्कालाई दही खुवाउने परम्पराअन्र्तगत भएको घम्साघम्सी निकै भाइरल बन्यो । यही भिडियो अहिले भारतमा समेत चर्चामा छ ।

नेपाली बिहेमा दही खुवाउने परम्परामा बेहुलाले बेहुलीलाई उछिनेर दही ख्वाउँछन् । तर आफू खाउन मान्दैनन् । यस्तोमा रिसाएकी बेहुलीले जसरी भए पनि दही ख्वाउन चाहन्छिन् र बेहुलामाथि जाई राख्छिन् । उनी यति आवेगमा आउँछिन् कि बेहुलालाई घचेडेर लडाउँछिन् अनि दहि ख्वाएरै छाड्न तम्सिन्छिन् । यहि भिडियोलाई भारतीय ठूला मिडिया जीन्युजलगायतले समाचार बनाएका छन् ।

इन्स्टाग्राममा अपलोड भएको भिडियो शेयर गर्दै भारतीय मिडियाले यसलाई बेहुला बेहुलीको झगडा भएको भनेको छ । तर वास्तविकता भने त्यसो होइन । यो नेपाली बिहेको परम्परा अनुसार बेहुला बेहुलीले एकअर्कालाई दही ख्वाउने चलन अनुसारको घम्साघम्सी मात्र हो । तर भारतीय मिडियामा भने यसको अनर्थ अर्थ लगाइएको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ६ : ३५ बजे