आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

निन्द्रा लाग्दैन ? सिरानीको दिशा परिवर्तन गर्नुहोस्



हरेक थकित मानिसको एउटै चाहना हुन्छ, मज्जाले आराम गर्ने वा पर्याप्त सुत्ने । निन्द्राले थलिएपछि मानिस जहाँ पनि र जस्तो अवस्थामा पनि निदाउन सक्छ । अपवादमा केही वृद्धहरुलाई उमेरका कारणले निन्द्रा लाग्दैन । तर आजकल युवापिढीमा समेत अनिन्द्राको समस्या बढ्दै गएको छ ।

निन्द्रा नलाग्नुका धेरै कारणहरु हुन्छन् । यसमा अधिकांश स्वास्थ्यसम्बन्धी कारण छन् । यता वास्तु र धार्मिक मान्यताअनुसार पनि अनिन्द्रा हुन सक्छ । त्यसमध्यको एक कारण हो, सहि दिशामा सिरानी नहुनु ।

वायुमण्डलमा रहेका उर्जाका नकारात्मक किरण मानिसको शरीरमा प्रवेश गरेमा त्यसले नकारात्मक प्रभाव पार्ने मान्यता छ । जसकारण मानिस निदाउन सक्दैन । यस्तो अवस्था छ भने निम्न उपाय गरे सहज निन्द्रा पर्ने मान्यता छ–

  • घरको प्रमुख व्यक्ति वा स्वामीको शयन कक्ष घरको दक्षिण वा पश्चिम दिशा हुनुपर्छ । यसो गर्दा मज्जाले निन्द्रा लाग्ने मान्यता छ ।
  • यदि बेलुकी निन्द्रा खटपट हुन्छ भने दक्षिण दिशामा सिरानी राखेमा गहिरो निन्द्रा पर्ने विश्वास गरिन्छ ।
  • यदि दक्षिण दिशामा सिरानी राख्न सम्भव नभएमा पश्चिम दिशामा पनि राख्न सकिन्छ । तर उत्तर दिशामा सिरानी छ भने निन्द्रा पर्दैन । साथै टाउको दुख्ने हुनसक्छ । यसमा धेरै वैज्ञानिक कारणहरु पनि छन् ।
  • निन्द्राका लागि सबैभन्दा उत्तम दिशा भनेको पूर्व हो । यस दिशामा सिरानी राखेर सुतेमा जस्तो सुकै अवस्थामा पनि सहज निदाउन सकिने मान्यता छ ।
  • अवस्थाअनुसार पश्चिम र दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु निन्द्राका लागि औसत हुन्छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ७ : ०२ बजे