आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

चुट्किला



डिस्काउन्ट दिएको
पहिलोः म अझै पनि भन्दैछु, मसँग माफी माग, नत्र तेरो ३० वटै दाँत झारिदिन्छु ।
दोस्रोः ३० वटा किन ३२ भन्न ।
पहिलोः आजकाल डिस्काउन्टको जमाना छ, त्यसैले २ वटा डिस्काउन्ट दिएको ।

चाउचाउ छ ?
ग्राहकः साहुजी चाउचाउ छ ?
पसलेः छैन ।
ग्राहकः बिस्कुट छ ?
पसलेः छैन ।
ग्राहकः त्यसो भए के छ त साहुजी ?
पसलेः ठिकै छ यार ! सन्चै छु, आरामै छु । बरु तपाईंलाई कस्तो छ ?
साभार: ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ६ : ५५ बजे