आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

पिल्स खाएपछि देखिने सामान्य असरहरु



पिल्स खान थालेको शुरुको बेलामा कसैकसैलाई तलकामध्ये कुनै असर देखा पर्न सक्छन्—
क) अलिअलि टाउको दुख्ने, रिङ्गटा लाग्ने
ख) वाकवाकी लाग्ने (वमन हुने)
ग) नाकको वरिपरि छालामा चाया पर्ने
घ) शरीरको वजन घट्बढ हुने
ङ) महिनावारीको बीचबीचमा पनि रगत देखिने
च) महिनावारी नहुनु
छ) स्तनमा भारीपन आउनु
ज) डण्डीफोर आउनु
झ) मनस्थितिमा परिवर्तन आउनु

यी लक्षणहरु सबै महिलामा देखिँदैन । कसैकसैलाई मात्र देखिन्छ । तर यसो भयो भनेर तुरुन्तै पिल्स खान छोड्नुहुँदैन । पिल्स चक्की लगातार खाइरहनुपर्छ । केही समयपछि यी लक्षणहरु आफै हराएर जान्छन् ।
साभार:‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ५ : ५९ बजे