आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

क्यानडा नेपाल लेन्स: साताका सात तस्वीर



काठमाडौँ– एक हप्ता वा सात दिनमा क्यानडा नेपालमा २ सय वटा भन्दा बढी नयाँ र उत्कृष्ट फोटोहरु प्रकाशित भईराखेका छन् ।

क्यानडा नेपालका फोटोग्राफरहरुकाे सँगै विभिन्न एजेन्सीबाट प्राप्त वा क्यानडा नेपालका फोटोग्राफरहरुले मात्र खिचेका वा यहाँ कार्यरत कुनै एक फोटोग्राफरको लेन्सबाट खिचिएका उत्कृष्ट सात फोटोलाई साताको सात तस्वीर’काे  रुपमा प्रकाशित भईरहेकाे छ ।

यसपालि क्यानडा नेपालकी फोटोग्राफर लक्ष्मी धिमालको लेन्सबाट खिचिएका उत्कृष्ट सात तस्वीर यस्ता छन् ।

ट्याक्सीको दादागिरी: पुरानो बसपार्कमा ट्याक्सीले मान्छे हिड्ने ठाउँमा पाकिङ गर्दा पैदलयात्रुलाई सास्ती

जय शम्भु: गाईजात्राको दिन शिव बनेका बालक

घाँसको जोहो: खुलामञ्चमा काटिएको घाँस गन्तव्यमा पुराउनको लागि गाडीमा राखिँदै

धार्मिक सम्पदा: पाटनको कृष्ण मन्दिर

दैनिक नियति: काठमाडौँवासीले दिनहुँ यात्रा गर्दा अनुभव गर्नुपर्ने परिस्थिति  । यो दृश्य नयाँ बानेश्वरको हो ।

साउने झरी: साउने झरीमा रेनकोट लगाएर ड्युटीमा खटिएका  सुरक्षाकर्मी

विस्तारित संस्कृति: पछिल्लो समय काठमाडौँमा पनि राखी बाँध्ने चलन बढिरहेको छ । असनको एक पसलमा झुन्ड्याइएका राखी ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  १० : ०७ बजे