आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

अगस्ट १३ र १४ तारिखमा क्यानाडामा ‘एनसीसीसी’ कप क्रिकेट प्रतियोगिता हुँदै



टोरन्टो क्यानडा – पाँचौं संस्करणको एनसीसीसी कप क्रिकेट प्रतियोगिता आयोजना अगस्ट १३ र १४ तारिखमा क्यानाडाको मिसिसागा शहरको डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुने भएको छ ।

नेपलिज क्यानडियन क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिताका लागि टिम दर्ता र खेलाडी दर्ता प्रकिया सकिइसकेको नेपलिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले जानकारी दिएका छन् ।

नेपलिज क्यानडियन क्रिकेट क्लबलका सचिव विनय यादवले यस प्रतियोगिता गर्न उत्साहित रहेको र प्रतियोगितालाई पनि सफल पार्न तयार रहेको बताए । विजेता टिमले दुई हजार क्यानडियन डलर र उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार पाउने छन् । चौथो संस्करणको उपाधि ब्रेक एन्ड प्लेले जितेको थियो ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ७ : ३१ बजे