आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

अभिनेता अनुपविक्रम नेपाली कांग्रेसमा प्रवेश



काठमाडौं–अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेशमा गरेका छन् । शुक्रबार बिहान उनलाई गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि प्रदान गरे ।

अभिनेता शाहीले नेपाली कांग्रेसले लोकतन्त्र र जनताको अधिकारका दिएको योगदानको मूल्यांकन गर्दै आफू पार्टी प्रवेश गरेको बताए । ‘अन्य पार्टी भन्दा नेपाली कांग्रेसले नेपाली कलाकारहरुलाई सम्मान गरेको पाएको छु । त्यहीकारण नेपाली कांग्रेस नै रोजें’, उनले भने ।

अनुपले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  १२ : ४७ बजे