आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ–आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो विहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो विहीबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ११ : ४२ बजे