आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

कसरी ? कुन समयमा कसरी पकाएर खाने अंकुराएको गेडागुडी ?



सहि ढंगले अंकुराएको गेडागुडी सेवन गर्नु स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यो अंकुराउने प्रक्रियामा जीवित हुन्छ, जसले हाम्रो शरीरका लागि भरपुर पोषक तत्व प्रदान गर्छ ।

यद्यपी गेडागुडी अनुसार त्यसबाट प्राप्त हुने तत्वपनि भिन्न भिन्नै हुन्छ । जस्तो, अंकुरित दालमा पोटासियम र आइरन पाइन्छ भने काबुली चनामा कार्बोहाइड्रेड, फाइबर, प्रोटीन, भिटामिन र मिनरल्स पाइन्छ ।

यी हुन् अंकुरित भोजन
अनाज – गहु, मकै, कोदो, जौं आदि
बिज – फर्सीको दाना, मेथी, खरबुजाको दाना
गेडागुडी – मुंग, चना, केराउ आदि

कसरी सेवन गर्ने ?
अंकुराएको गेडागुडीमा ब्याक्टेरिया धेरै मात्रामा पाइन्छ । त्यसैले यसलाई काँचो खानु भन्दा उसिनेर खानु राम्रो हो । त्यो भन्दा पनि राम्रो उपाय भनेको, अंकुराएको गेडागुडीलाई बाफमा पकाएर सेवन गर्नु हो । कब्जियत, एनीमिया, मधुमेह, उच्च रक्तचाप भएका र गर्भवती महिलाले बाफमा उसिनेर सेवन गर्नु पर्छ । अंकुरित गेडागुडी बिस्तारै चपाएर खानुपर्छ । यसको सेवन अधिक मात्रामा गर्नु हानिकारक हुनसक्छ ।

कहिले खाने ?
खाजा वा रातीको स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ६ : ३८ बजे