आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

अझै होसमा आएनन् राजु



मुम्बई– हृदयघात भएर अस्पताल भर्ना भएका कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक बनिरहेको छ । बुधबार जिममा वर्कआउट गरिरहँदा उनलाई हृदयघात भएको थियो । राजुलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।

राजुका भाई दीपूका अनुसार उनलाई अहिलेसम्म होस आएको छैन । ‘अस्पतालका चिकित्सकले दाजुलाई होसमा ल्याउन भरमग्धुर प्रयास गरिरहेका छन् । तर अहिलेसम्म उहाँको होस आएको छैन । उहाँको शरीरमा अहिलेसम्म कुनै हलचल आएको छैन’, उनले भनेका छन् ।

राजुको यसअघि दुई पटक इञ्जिओप्लास्टी गरिएको छ । उनी पहिलोपटक १० वर्ष अघि कोकिलाबेन धीरुबेन अम्बानी अस्पतालमा र ७ वर्ष पहिले मुम्बइको लीलावती अस्पतालमा भर्ना भएका थिए ।
-एबीपी लाइभ

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  १ : २४ बजे