आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

फूलबारीमा विपिन र अरुणा ५८ वर्षे दम्पती



काठमाडौं– अभिनेता दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहने गरी फिल्म ‘फूलबारी’ निर्माणको घोषणा गरिएको छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथा देखाइने फिल्ममा रामबाबु गुरुङको निर्देशन रहनेछन् ।

फिल्ममा विपिन र अभिनेत्री अरुणा कार्कीले ५८ वर्षे दम्पतीको भूमिका निभाउनेछन् । उनीहरुसँगै फिल्ममा मिरुना मगर, सिर्जना सुब्बा, प्रियंका कार्की, लोकेन्द्र लेखकको पनि अभिनय रहनेछ ।

भदौदेखि छायांकन सुरु हुने फिल्ममा उपेन्द सुब्बाको पटकथा, कमल किशोर मलपानीको कथा र कन्सेप्ट तथा मनीष ढकालको निर्माण छ ।

अमेरिकी छायाँकार जोस हेरमको छायांकन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत छ । फिल्म यशोधा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ११ : ५५ बजे