आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

चुट्किला



के भयो सर ?
होटलमा एउटा गेष्टलाई वेटरले सुप सर्व गर्यो । गेष्ट कराएपछि वेटरले सोध्यो— के भयो सर ?
गेष्ट रिसाउँदै— म यो सुप पिउँन सक्दिनँ ।
वेटरले डराउँदै भन्यो— सरी सर । म तुरुन्तै मेनेजरलाई बोलाउँछु ।
दगुर्दै मेनेजर आयो तर फेरि गेष्टले भन्यो— म सो सुप पिउन सक्दिनँ ।
मेनेजर पनि डरायो र भन्यो— सरी सर म सेफसँग कुरा गर्छु ।
मेनेजरले सेफलाई बोलायो, सेफले सुपलाई राम्रोसँग चेक गर्यो अनि केही बुझ्न नसकेर गेष्टसँग सोध्यो— के खराबी छ सुपमा सर ?
गेष्टले भन्यो— खराबी केही पनि छैन । तर पनि म यसलाई पिउन सक्दिनँ ।
किन सर ?
गेष्टले भन्यो —चम्चा छैन त्यसैले ।

हाकिमको दुर्भाग्य
एक अफिसको हाकिमसँग उसकी श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा हाल्दै कारण बताइन्— मेरा श्रीमान् नपुंसक छन् ।

त्यही समयमा तिनै व्यक्तिको अफिसकी सेक्रेटरीले उनीमाथि अर्काे मुद्दा हालिन् । उनले कारण बताइन्— उनी गर्भवती छिन् र उनलाई गर्भवती बनाउने मान्छे तिनै हाकिम हुन् ।

हाकिमको दुर्भाग्य उनले दुवै मुद्दा हारे ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ७ : १३ बजे