आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

तीज गीतमा अमेरिका मेरो बुढा छ



काठमाडौं– गायिकाद्वय जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा शंकर बिसी र उषा सुवेदी फिचर्ड छन् ।

अनिल रानाको सम्पादन रहेको भिडियोमा मदन खड्काले भिडियो निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ४ : ३२ बजे