आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

बालाजु बाइपासको जुत्ता कारखाना आगलागी नियन्त्रणमा (तस्वीरहरु)



काठमाडौं–राजधानीको बालाजु बाइपासस्थित जुत्ता कारखानामा बिजुली सर्ट हुँदा भएको आगलागी नियन्त्रणमा आएको छ । बुधबार दिउँसो पौने १२ बजे श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको वान वर्ल्ड फुटवेयरमा आगलागी भएको थियो ।

सञ्चालक पाण्डेका अनुसार करिब १० हजार जोर जुत्ता तयारी अवस्थामा थिए । अन्य क्षतिको बारे विस्तृत विवरण आइसकेको छैन ।

आगो निभाउन काठमाडौं, ललितपुर, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दमकलहरू प्रयोग गरिएका थिए । यसबाहेक पानीका लागि २० वटा भन्दा बढी पानी ट्यांकर गरिएको थियो ।

आगो नियन्त्रणका लागि सेनाको एक नम्बर बटालियन, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बालाजु, महाराजगन्ज, स्वयम्भूलगायतको टोली खटिएका थिए ।

 

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ३ : ०३ बजे