आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

निर्वाचनसम्बन्धी ऐन ल्याउन सांसद गुरुङको माग



काठमाडौं – सत्तारुढ दल नेकपा माओवादीका सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरे ।

‘सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिको छ । सर्वोच्च अदालतको दुई /दुई पटकको आदेशले पाँच वर्ष घटाउन नपाउने भनिएको छ । यो मध्यावधि निर्वाचन पनि होइन । ७६ को ५ को सरकार विफल भएको पनि होइन,’ उनले भने, ‘त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी विषयमा एउटा ऐन ल्याउन आवश्यक छ ।’

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  २ : ४६ बजे