आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

टिजरमा दुई नम्बरी



काठमाडौं–दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ । यो फिल्म अब असोजको २१ गतेबाट रिलिज हुने भएको छ ।

फिल्मको ट्रेलरमा मुख्य कलाकारहरु दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । साथमा, दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीविचको प्रेमकथालाई समेत रमाइलो शैलीमा देखाइएको छ ।

फिल्ममा सौगात मल्लको गेटअप र संवाद बोल्ने शैली समेत फरक छ । यसले दर्शकलाई आकर्षित गर्न सक्छ । फिल्ममा यी चार कलाकारको साथमा वुद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् ।

फिल्मको टिजरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउन सक्छ । विशेषगरि, रमाइला संवाद, दुई नायकको मित्रता, प्रेमकथाले दर्शकलाई फिल्मप्रति प्रतिक्षा बढाउने छ ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  १० : ५५ बजे