आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन



काठमाडौँ– वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ ।

बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

पाण्डेलाई  हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।

‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका छन् ।

पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनको अन्तिम श्रद्धाञ्जली लागि  ११ बजेसम्म राखिने भएको छ ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  १० : ०६ बजे