आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

अचानोले हानेर श्रीमतीद्वारा श्रीमानको हत्या



चितवन– चितवनमा आफ्नै श्रीमतीले अचानोले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुरमा ५६ वर्षीय टिकाराम विकलाई उनकी श्रीमती ५४ बर्षीया विनमाया विकले अचानोले टाउकोमा हान्दा गए राति ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरायसी विवादमा श्रीमान् टिकारामलाई श्रीमती विनमायाले टाउकोमा अचानोले हानेकी थिइन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ९ : ३२ बजे