आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

केही ब्युटी टिप्स जानिराखौं



  • अनुहारलाई साबुनले धुनुको सट्टा दूध, बेसन, दूधको क्रिम वा आँटाको लेपले सफा गर्नाले धेरै सफा हुन्छ । उचित मात्रामा रक्त सञ्चार हुन थाल्दछ । साथै छालाको राम्रो मालिस पनि हुन जान्छ । अनुहारलाई नरम तथा सुन्दर राख्नका लाग दिनमा दुई तीन पटक पानीले छ्यापेर अनुहार धुनु पर्दछ र तौलियाले राम्ररी पुछ्नु पर्दछ ।
  • अनुहारको छालालाई कोमल र सुन्दर राख्नका लागि दही र बेसनको घोल बनाएर अनुहारमा लगाउनुहोस् । दश मिनेटसम्म राखेर पानीले अनुहार सफा पार्नुहोस् । यसले अनुहारको छालामा कसिलोपन आउँदछ र अनुहारमा चमक आउँछ । हप्तामा एक पटक अन्डाको सेतो भाग वा कागतीको रस र बेसन मिसाएर लगाउनाले अनुहार सौन्दर्यमय हुन जान्छ ।
  • आँखामुनिको वा घाँटीको छाला धेरै नै संवेदनशील तथा कमजोर हुन्छ । यसलाई राति सुत्नुभन्दा पहिले नियमित रुपले तेल, क्रिम, ग्लिसरीन वा कोल्ड क्रिम लगाउनु पर्दछ । यसपश्चात् हल्का मालिस गर्दा लाभदायक हुन्छ । महले अनुहारको छालालाई पोषणमात्र दिने होइन अनुहारलाई कोमल र आकर्षक पनि बनाउँदछ ।
  • दिनमा एक पटक अनुहारको छालालाई सफा गर्नु अत्यन्तै आवश्यक छ । सफा पानीले अनुहारलाई पटक पटक धुनु राम्रो हुन्छ ।
  • रुखो र संवेदनशील छालामा कुनै पनि प्रकारको साबुनको प्रयोग गर्नुहुँदैन । सादा पानीले मुख धोईरहनाले छालालाई तरोताजा राख्न सकिन्छ ।
  • तैलीय छाला हुनले महिलाले दिनमा दुई पटक मेडिकेटेड साबुनले मुख धुनु राम्रो हुन्छ ।
  • आँखाका चारैतर्फ मालिस गर्नु हुँदैन । आँखाको चारैतिर कपास भिजाएर सफा गर्नुपर्दछ र कोल्ड क्रिम लगाउनु पर्दछ ।
    साभारः ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ८ : ३९ बजे