आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

१५ वर्षे बालकले भेटे आइसक्रिमजस्तै अत्यन्त दुर्लभ माछा



प्राय बच्चालाई आइसक्रिम मन पर्छ । आइसक्रिमको रंग र स्वादले धेरैलाई आर्कषित गर्दछ । यस्तैमा एक बालकले आइसक्रिमजस्तै देखिने गुलाबी रंगको माछा समातेर चर्चा पाएका छन् ।

टेनेसी वाइल्डलाइफ रिसोर्सेज एजेन्सीका अनुसार एडवर्ड्स तारुमियान्ज नामक अमेरिकाका यी १५ वर्षीय बालकले सीनिक सिटी फिसिङ चार्टसबाट रिचर्ड सिम्सको कप्तानीमा माछा समात्ने यात्रामा भाग लिइरहेका थिए । यसै क्रममा उनले एक दुर्लभ रातो सेतो रंगको क्याटफिस समाते । उनले सो माछा समातेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रिचर्ड सिम्सका अनुसार यो माछा अत्यन्त दुर्लभ मानिन्छ । कुनै पनि माझीले आफ्नो जीवनकालमा समेत यस्तो माछा समात्न नसक्ने उनको दाबी छ । उनले भनेका छन्, ‘यदी यस माछाको तस्वीर नखिचेको भए मानिसले यो माछा समातेको समेत नपत्याउने थिए ।’ यस माछालाई समातेर फोटो खिचेपश्चात पुनः पानीमा छाडिएको थियो ।

जीन्यूज

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ७ : ४० बजे