आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

आफ्नो गर्लफ्रेण्ड वा श्रीमतीबाट के चाहन्छन् पुरुष ?



प्रेम होस् वा विवाह हरेक पुरुषको महिलाप्रति केही आकंक्षाहरु रहने गर्दछ । तर कतिपय अवस्थामा ती कुराहरु पुरुषले महिलालाई भन्न सक्दैनन् र महिलाले पनि उनीहरुको भावना बुझिदिदैनन् । तर पुरुषले नभने पनि अधिकाशं पुरुषले महिलाबाट के चाहन्छन् त ?

धेरै गुनासो नहोस्
पुरुषले महिलाबाट चाहने पहिलो कुरा भनेकै भेटेको समयमा धेरै गुनासो वा विषय, प्रसंग बाहेकका कुरा नगरुन् भन्ने चाहन्छन् । महिलामा कुरा गर्ने बानी हुन्छ, तर कतिपय पुरुषहरु मन नपरे पनि ती कुरा सुन्छन्, जबकी उनीहरुलाई धेरै कुरा गरको मन पर्दैन ।

चुम्बन र अकंमाल
धेरै पुरुषमा महिला पार्टनरले आफूलाई अंकमाल गरोस्, चुम्बन गर्न प्रतिबन्ध नलगाओस् भन्ने चाहन्छन् । तर परिस्थिति वा व्यवहारमा यी कुरा गर्न महिला हिच्किचाउँछन् । जो पुरुषलाई फिटिक्कै मन पर्दैन । यसो गर्दा महिलाले आफूलाई भरोसा नगरेको ठान्दछन् ।

माया
अधिकाशं पुरुष आफ्नो महिला पार्टनरले आफ्ना साथीका श्रीमती वा प्रेमिकाभन्दा बढी माया गरोस् भन्ने चाहन्छन् । महिलाले आफुलाई गर्ने माया प्रर्दशन गर्न चाहने पुरुषले यसलाई प्रतिष्ठाको रुपमा तुलना गर्छन् ।

समय
प्रेमिका होस् या श्रीमती पुरुषले आफ्ना महिला पार्टनरले आपूmलाई धेरै समय दिउन् भन्ने चाहन्छन् । समय दिने क्रममा पुरुषले महिला आफूतिर बफदार हुन् भन्ने चाहन्छन् ।

तुलनाको ठट्टा
कुनै पनि पुरुष, आफ्नो महिला साथीले आफूभन्दा राम्रो केटा पाउँछु भनेर गरेको ठट्टा सहन सक्दैनन् । तसर्थ चिढ्याउनकै लागि भए पनि महिलाले पूर्व प्रेमी वा अन्य पुरुषसँग तुलना गरेर आफ्नो पुरुष पार्टनरलाई सुनाउनु हुँदैन ।

परिवारमैत्री
पुरुषले आफ्नो महिला साथी आफ्नो परिवारसँग नजिक होस् । उसका कुराहरु पारिवारिक हुन् भन्ने चाहन्छन् । उनीहरु आफ्नो परिवारलाई महिला पार्टनरले प्राथमिकतामा राखोस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ७ : ३० बजे