आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

आफैले बर्षभरी पढाएको छोराले सयमा केवल ६ अंक पाएपछि पिता भक्कानिएर रोए (भिडियो)



सबै अभिभावक आफ्ना छोराछोरीले परीक्षामा राम्रो अंक प्राप्त गरुन् भन्ने चाहन्छन् । यसैका लागि चीनका एक पिताले पनि आफ्ना छोरालाई एक बर्षसम्म पढाए । तर जब परीक्षाको नतिजा (रिजल्ट) आयो तब छोराले प्राप्त गरेको नम्बर देखेर ती पिता निकै रोए ।

भाइरल एक भिडियोमा एक पिता आफ्नो छोराको नम्बर देखेर रोएका छन् । उनी रुनुको कारण भनेको छोराले गणित बिषयमा प्राप्त गरेको कम अंक हो । उनका छोराले सयमा केवल ६ नम्बरमा प्राप्त गरे । अर्थात ती बालक परीक्षामा फेल भए ।

ती पिता रुनुको खास कारण भनेको छोराले पाएको अंक हो । तर उनको सबैभन्दा ठूला चित्त दुखाई भनेको उनी स्वयम्ले एक बर्ष छोरालाई गणित पढाएका थिए । तर यति मेहनत गर्दा पनि आफैले पढाएको बिषयमा सयमा केवल ६ अंक छोराले पाएपछि ती पिता सहन सकेनन् र भक्कानिएर रुन पुगे । न्युज स्रोत जीन्युज

 

 

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ८ : ४८ बजे