आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

किन हुन्छ ग्यास्ट्रिक ? यी हुन् कारण



ग्यास्ट्रिक हामी नेपालीको आम समस्या हो । पेटमा हुने अम्लीय पदार्थको उत्पादन बढी भए त्यसले तन्तुलाई जलाउने गर्दछ जसलाई साधारण भाषामा ग्यास्ट्रिक भनिन्छ ।

ग्यास्ट्रिक हुदा पेट फुल्ने, ढ्याँउ आउने, पेट भारी हुने, खाना नपच्ने, बान्ता हुने वा पेट दुख्ने हुने गर्दछ । लामो समयसम्म खाना नखाँदा पनि ग्यास्ट्रिक भई पेट पोल्ने, खान मन नलाग्नेलगायतका समस्याहरु हुने गर्दछ । जसले पाचनप्रकियामा असर पुर्‍याउँछ र शरीरमा रगत र क्याल्सियमको कमी गराउन सक्छ । लामो समयसम्म ग्यास्ट्रिक हुँदा कालान्तरमा अल्सर हुँदै क्यान्सरसम्म हुनसक्छ । यस्तोमा ग्याष्ट्रिक किन हुन्छ भनेर बुझ्न आवश्यक छ ।

यस्तो छ, ग्यास्ट्रिक हुनुको कारण
– ग्यास्ट्रिक हुनुको मुख्य कारण भनेको खानपानको गडबढी हो । समयमा नखाने तथा पाएको बखतमा जे पानि जति पनि खाने बानिले मानिसलाई ग्यास्ट्रिक हुन्छ ।
– खानामा बढि चिल्लो तथा मसालेदार खादाँ समेत ग्यास्ट्रिक हुन्छ भने तारेको, भुटेको खानाका कारणले पनि ग्यास्ट्रिक हुन्छ ।
– बाहिरी खानाको प्रयोग गर्ने, फास्टफुड र जंकफुडको अत्यधिक सेवन गर्ने तथा झोलिलो खाना नखाने ब्यक्तिमा समेत ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।
– शरीरमा भएका दीर्घरोगको नियन्त्रणका नाममा सेवन गरीने औषधि र बिषेशतः दुखाई कम गर्ने औसाधिको सेवन गर्दा समेत ग्यास्ट्रिक हुन्छ ।
– मदिरा, सुर्ती तथा ड्रग्सको सेवन गर्नेहरुमा र मानसिक तनाव लिनेहरुमा समेत ग्यास्ट्रिक हुन्छ ।

स्मरण रहोस् समय तालिका अनुसार स्वच्छ, सफा र ठिक्क मात्रामा स्वस्थ्य खाना खाएमा ग्याष्ट्रिक हुँदैन । तर यसका लागि केहि परहेज भने गर्नु पर्दछ ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ८ : ३२ बजे