आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

किन मानिसमा नङ टोक्ने बानी हुन्छ ? के यो डरलाग्दो समस्या हो ?



नङले औंलालाई बाहिरी आक्रमणबाट बचाउँछ । नियमित रुपमा बढि रहने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ घस्रिएर वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् । सायद तपाईमा पनि यो बानी होला ? यो विश्वका करौडौ मानिसको बानी हो । तर यसरी नङ टोक्नुमा केहि मनोवैज्ञानिक कारण भने छन् ।

– मनोवैज्ञानिक अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिस नङ टोक्छन् ।
– पट्यारलाग्दो अवस्था वा मानिस बोर हुदा पनि नङ टोक्छन् ।
– सानैदेखि नङ टोक्ने बानी परेकामा समेत पछिसम्म नङ टोक्न बानी हुन्छ ।
– मानिसहरुमा व्यक्तित्वको अस्थिरताको कमीले समेत नङ टोक्ने बानी हुने गर्दछ ।
– ठूला समस्या वा डरमा समेत समाधान बाटो खोज्न क्रममा मानिस नङ टोक्न पुग्छन् ।
– आफूमा भएको रिसमा नियन्त्रण पाउन समेत केहि मानिस नङ टोक्छन् ।

समग्रमा नङ टोक्नुको पछाडि मानिसमा भएको अतिवादी सोच, महत्वाकांक्षा र हिन भावना रहने गरेको मनौवैज्ञानिको ठहर छ । काम नहुँदा वा मनोवैज्ञानिक रुपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् । तर कुनै ठूलो स्वास्थ्य समस्या भने होइन । यो केवल स्वास्थ्यसँग सरोकार भएको बिषय चाँहि हो ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ८ : २० बजे