आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

पढ्न मन लागेन ? वा बच्चाले पढ्न अल्छि गरे भने अपनाउनुहोस् यी उपाय



प्राय मानिस पढ्न अल्छि गर्छन् । अल्छि भन्दा पनि अधिकाशंलाई पढ्न मन लाग्दैन । पढ्नु पर्याे भने दिक्क लाग्छ, हाई आउँछ । कोहि त पढ्न थाले भने निदाउँछन् । यसरी पढ्न मन नलाग्नुका पछाडिका धेरै कारण मध्ये, एक कारण वास्तुको दोष । वास्तुशास्त्र अनुसार विद्यालयको कक्षा कोठा, घरको पढ्ने कोठाको वास्तु मिलेको छैन भने पढाईमा मन जादैन । त्यसो भए के गर्ने त ?

– वास्तुशास्त्र अनुसार विद्यार्थीले पूर्व, उत्तर र ईशान दिशा फर्केर पढ्नु उत्तम हुन्छ । यी दिशालाई वास्तुले ज्ञानवर्धक दिशा मान्दछ । पूर्व र उत्तर दिशा फर्केर पढ्नु विद्यार्थी वर्गका लागि अति नै लाभदायीक हुनेछ ।

– यदि कारणवश पढ्ने कोठा पश्चिम दिशामा छ भने, त्यस कोठामा पनि पुर्व, उत्तर र इशान दिशामा फर्केर पढ्न सकिन्छ ।

– विज्ञानशास्त्रका अनुसार मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी मानिने इन्फ्रारेड किरणहरू उत्तरपूर्वी कोणबाट आउने भएकाले विद्यार्थीलाई सकारात्मक असर पर्नेछ । यि किरणले शरीरका कोषिकालाई शक्ति दिने र ध्यान एकाग्र बनाउने गर्दछ ।

– पढ्ने विद्यार्थिले कहिल्यै पनि कोठाको ढोकातर्फ ढाड फर्काएर पढ्नु हुदैन । यसो गर्दा ढोकाबाट आउने प्रकाश र हावालाई पढ्ने मानिस आफैले छेक्ने गर्दछ ।

– विद्यार्थीले पढ्न बस्दा कोठाको बिम मुनि बसरे पढ्नु हुदैन, यसले पढाईमा मन नलाग्नुका साथै मानसिक रुपमा तनाव बढ्ने वास्तुको मान्यता छ ।

– पढ्ने विद्यार्थीले आफ्नो सिरानी दक्षिण वा पश्चिमतर्फ राख्नुपर्दछ । दक्षिणतर्फ सिरान पारेर सुत्दा विद्यार्थीको स्वास्थ्य राम्रो हुनुका साथै पश्चिमतर्फ सुत्दा पढाईमा मन लाग्ने वास्तुको मान्यता छ ।

– किताबका र्याकहरु दक्षिण वा पश्चिम दिशामा राख्नु उत्तम हुन्छ । साथै पढ्ने कोठामा पुस्तकहरु भएको र्याक खुल्ला राख्नु हुदैन । यसले नकारात्मक ऊर्जा दिन्छ ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ५ : ५९ बजे