आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

पिंगूलाई स्वर दिने कार्लोको निधन



लसएञ्जल्स– किड्स सिरिज ‘पिंगू’को ओरिजिनल स्वरका रुपमा प्रख्यात कार्लो बोनोमीको निधन भएको छ । उनको निधन ६ अगस्ट, २०२२ मा मिलानमा भएको हो ।

उनको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिने क्रम बढेको छ । ‘रेस्ट इन पीस टू कार्लो बोनोमी । त्यो व्यक्ति जसले पिंगूको नामबाट प्रख्यात सानो पेंगुइनलाई आवाज दिएका थिए । म तपाईंलाई कहिल्यै बिर्सन्नँ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

‘पिंगू’ बच्चाहरुको टेलिभिजन शो हो । जसको प्रसारण सन् १९८६ देखि २००६ को बीचमा भएको थियो । पेंगुइन पिंगु अन्टाकर्टिकाको इग्लूमा आमाबाबु र बहिनीका साथ बस्थ्यो । यसको चरित्र कमेडिक रेबल्ससँग कुरा गथ्र्यो ।
–अमरउजाला

प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार  ११ : ४४ बजे