आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

आसमाया बनिन् मिस धरान आइकन



काठमाडौं– ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजना र सहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा धरानमा सम्पन्न ‘वाईवाई मिस धरान आईकन–२०२२’को उपाधी आसमाया राईले जितेकी छन् । विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ भ्रमणको मौका पाएकी छन् ।

प्रतियोगितामा प्रजना राई फस्ट रनरअप र स्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बनेकी छन् । राई र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसँगै क्राउन र पुरस्कार जिते ।

धरानमा पहिलोपल्ट आयोजना भएको प्रतियोगितामा निवा लिम्बु मिस पर्सनालिटी, स्वेता पोखरेल मिस वेष्टवाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठ मिस फोटोजेनिक, सेलि श्रेष्ठ मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्युवर्स च्वाईस, जेनिस्ना श्रेष्ठ मिस डिसिप्लिन, विपिका लिम्बु मिस कल्चरल ड्रेस र सृष्टि लामा मिस चार्मिङ बने ।

प्रतियोगिताको कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वल्र्डवाइड २०१९ की बेस्ट स्माइल प्रजिता तामाङले गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा शिवराज श्रेष्ठ, अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्टरनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वो थिए ।

प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार  ११ : ३३ बजे